भदौ, काठमाडौं।

नेपाली चलचित्र क्षेत्रमा निकैनै नाम कमाइरहेका नायक हुन् दयाहाङ राइ। उनको अभिनय लाई नरुचाउने सायद कमै होलान। पछिल्लो समय चलचित्रहरुमा उनको व्यस्तता पनि निकै बढेको छ। पछिल्लो समय उनी नायिका स्वेता खड्काको चलचित्र 'कान्छी' तथा छायांकन भइरहेको चलचित्र 'नीरफुल'मा व्यस्त छन्।

आफूले चलचित्रको कथावस्तु र पारिश्रमिक हेरेर मात्र काम गर्ने गरेको बताउँदै आएका दयाले हालै नीरफुलको प्रेसमीट कार्यक्रममा बोल्दै आफुले सामान्य जिवन जिउनकै लागि चलचित्र गर्दै आएको बताएका छन्। साथै उनले हिजोको दिनमा जसरी बाचेको थिएं उस्तै गरी बाँचिरहेको तर केही अस्तव्यस्त का कारणले मात्र जिवन फरक देखिएको जनाएका छन्। र हिजोको जिवनभन्दा केही मात्र माथि उठ्न सकेको बताएका छन्। आफुलाई गर्न मन लागेको चलचित्रहरु विस्तारै विस्तारै पाइरहेको बताउँदै उनले वर्षमा कमसेकम एउटा आफुले खोजेको जस्तो चलचित्र आउने गरेको र अबका दिनहरुमा पनि आउने आशा रहेको बताए।