
<pre><b>भदौ, काठमाडौं।</b></pre><p>लामो समयको पर्खाई पछि बलिउड एक्टर वरुण धवन को निकैनै प्रतिक्षित बनेको फिल्म 'जुड्वा २' को ट्रेलर रिलिज भएको छ। फिल्मको ट्रेलरमा वरुण धवनको प्रेम र राजा नामको डबल रोल देखाइएको छ्। </p><p>यस अघि फिल्मका निर्माताले फिल्मको पोस्टर रिलीज गर्दै ज्याकलीन र तापसीको रोललाई दर्शकसामु ल्याएका थिए। फिल्ममा उनीहरु बरुणको प्रेमीकाको रुपमा रहेका छन्। साथै फिल्ममा सलमान खानको पनि केमियो रोल रहेको छ। १९९७ मा आएको सलमान खानको सुपरहिट फिल्म जुडवाको सिक्वेलको रुपमा रहेको यस फिल्म लाई लिएर फ्यानहरुमा निकैनै कौतुहलता रहेको छ। फिल्मलाई वरुणका पिता अर्थात डेविड धवनले निर्देशन गरेका हुन्। फिल्म २९ सेप्टेम्बरमा रिलिज हुँदैछ्।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/DDwbjWCgxVM" width="640" height="360" class="note-video-clip"></iframe> </p><p>एजेन्सी</p>