
<pre><b>भदौ, काठमाडौं। </b></pre><p style="text-align: justify; ">अमेरिकाको कोलोराडो शहरमा आयोजित ‘दोस्रो खुम्बु खोल्स ग्लोबल अवार्ड’ सम्पन्न भयो । उक्त अवार्डबाट अभिनेता अनमोल केसी र अभिनेत्री केकी अधिकारीले उत्कृष्ट नायक–नायिकाको अवार्ड हात पारेका छन् । आईतबार साँझ आयोजित अवार्ड समारोहमा बरिष्ठ कलाकार टीका पहारीलाई ‘लाइफ टाइम एचिभमेण्ट अवार्ड’ले सम्मान गरिएको कार्यक्रममा कलाकार अर्जुनजंग शाही र सुवर्ण क्षेत्री ‘एचिभमेण्ट अवार्ड’बाट सम्मानित भए भने ‘छक्का पन्जा’ले उत्कृष्ट चलचित्र र निर्देशकको अवार्ड हात पार्यो ।</p><p style="text-align: justify; ">साथै कलाकार अर्जुनजंग शाही र सुवर्ण क्षेत्री ‘एचिभमेण्ट अवार्ड’बाट सम्मानित भए । कलाकार जितु नेपालले ‘बेष्ट सह– अभिनेता’को अवार्ड बुझ्दा कलाकार रविन्द्र खड्का, मुकुन्द किशोर भट्टराई, निर्देशक तथा लेखक राजेन्द्र सलभ, निर्देशक नारायण पुरी, गायिका निलम श्रेष्ठ, फोटोग्राफर राजीब श्रेष्ठ र कलाकार कृष्ण मुरारीढुंगेललाई स्पेशसल अवार्ड दिइयो । करिब ४ घण्टा चलेको समारोहमा हलिउडका निर्माता थोमस वि फोरेको , गायक शिव परियार, यम बराल, कलाकार कृष्ण मल्ल, मदुकुमार श्रेष्ठ, भुवन केसी, सुनिल थापा, अर्जुनजंग शाही, रवीन्द्र खड्का, टीका पहारी, अनमोल केसी, दीपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल ‘मुन्द्रे’ लगायतका दुई दर्जन कलाकार कार्यक्रममा सहभागी थिए । अवार्डमा बाढी पिडितका लागि ५,४१४ डलर सहयोग संकलन भएको बताइएको छ ।</p><div style="text-align: justify; "><br></div>