बाढी पिडितका लागि राहत लिएर बारा पुगे धुर्मुस

भदौ, काठमाडौं।

गएको साता बाट निरन्तरको बर्षाका कारण पुर्वी तराईका भुभागहरुमा बाढी तथा पहिरोका कारण जनधनको क्षति गरेपछि यतिवेला सबै व्यक्तिहरु सहयोग तथा उद्धारका लागि जुटेका छन्। कलाकर्मी हरुपनि यस कार्यमा सक्दो तरिकाले जुटिरहेका छन्। पिडितको सहयोगका लागि  चर्चित हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ पनि  गएको साता देखी निरन्तर तराईमा बाढी पहिरोबाट प्रभावित परिवारहरुको राहतका लागी खटिइरहेका छन् । धुर्मुस राहत वितरणसँगै आफै उद्धारमा पनि खटिएका थिए । अहिले पनि धुर्मुस र सुन्तली दुबै जना बारा जिल्ला पुगेका छन् । बाराका १५० बाढी पहिरो प्रभावितघरका लागी राहत वितरणमा त्यसतर्फ पुगेका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेशन कोषबाट उनीहरुले विभिन्न जिल्लाको अत्यन्तै गरिब असहाय तथा बिपन्न घरपरिवारका बाढी पिड्तिहरुलाई राहत बाँड्न लागेका हुन् । फाउण्डेशनले सप्तरी , महोत्तरी , सर्लाही , धनुषा , सिराहा , सुनसरी , मोरंङ्ग , झापा , रौतहट हुँदै अति बिपन्न परिवारका बाढी पिड्तिहरुको पहिचान गर्दै राहत बितरण गरिरहेका छन् । भर्खरै बारामा पनि राहत वितरण गर्नका लागि पुगेको धुर्मुस सुन्तलीले बताएका छन् ।

बारामा धुर्मुस सुन्तलीले एक सय पचास जना बाढी पिड्तिहरुलाई  ‘एक परिवार एक प्याकेज’ राहत सामाग्री वितरण गरेका हुन् । राहत स्वरुप प्रति परिवार वितरण गरिएको प्याकेजमा एक बोरा चामल , पाँच किलो दाल, दुई जोर झुल, एक थान तन्ना , एक थान म्याट , एक थान डस्ना, एक थान सिरक, एक थान कम्बल लगायतका विभिन्न सामग्रीहरु रहेका छन् । फाउण्डेशनले सप्तरीमा भने पिड्तिहरुको उद्दार गर्नुका साथै राहत वितरण र हेल्थ क्याम्पको समेत व्यवस्था गरेको थियो ।