‘मोडल हन्ट नेपाल’को तयारी पुरा

भदौ, काठमाडौं।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१७’ को सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा यहि आउदो शनिबार होटल सोल्टीक्राउन प्लाजामा हुने आयोजक संस्था ‘नेक्स्ट मोडल्स नेपाल’ले जनाएको छ ।

कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, सृजना रेग्मी, मिस नेपाल २०१७ अस्मी श्रेष्ठ शो टपरको रुपमा रहनेछन्, भने चर्चित संगीतकार कालिप्रसाद रिजालको समेत बिषेश प्रस्तुति रहनेछ ।

कार्यक्रममा अन्तराष्ट्रिय फेसन डिजाइनर रेखा मोदी मित्रुका, इटाइलिय डिजाइनर रितेश घिमिरे, नेपाली डिजाइनर एलिसा श्रेष्ठ तथा नमुना कलेजका फेसन डिजाइनरले तयार पारेका बिषेश डिजाइनका पहिरन चर्चित मोडल नेहा बानु, शशी श्रेष्ठ, जस्मिन गुरुङ, रोनाली अमात्य, प्रिज्मा कोसिन लगायतका मोडलले र्याम्पवाक मार्फत प्रस्तुत गर्नेछन् । सो अवसरमा मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले समेत र्याम्प नाप्ने कार्यक्रममा रहेको छ । बर्षकै उत्कृष्ट कार्यक्रम मध्यको एक कार्यक्रम मोडल हन्ट नेपालको फाइनल हुने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेको भनाई रहेको छ ।

अन्तराष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकार, ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, इन्डियन फेसन कोरियोग्राफर मिलन राई प्रतियोगीताको निर्णायकमा रहनेछन् । मिलनले प्रतियोगीलाई बिषेश प्रशिक्षण समेत दिएकी छन् ।

प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसाहिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुराउने उदेश्यले बिगत ३ बर्षदेखि नियमित आयोजना हँुदै आएको प्रतियोगीताका बिजेताले नगद रु १ लाख नगद, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने लक्र्जरी मोडल अवार्डमा बिषेश प्रस्तुतिका साथै म्युजिक भिडियो र बिज्ञापन चलचित्र समेत अभिनय अवसर प्राप्त गर्न सक्नेछन् ।