भदौ, काठमाडौं।

पछिल्लो समय दर्शकहरुमा नेपाली चलचित्र 'ए मेरो हजुर २' निकैनै प्रतिक्षित बन्न पुगेको छ। नायिका झरना थापाको डेब्यु निर्देशन रहेको यस चलचित्रले ट्रेलर तथा गीत रिलिज संगै दर्शकहरुको मन जित्न सफल भइरहेको छ। चलचित्रमा समावेश गरिएको तिन वटै गीत 'कसम हो', 'किनीदेउ न साइला दाई' र 'उकालीमा जाँदा जाँदै' यतिवेला हरेक दर्शक हरुको जिब्रोमा झुण्डिन सफल भएको छ।

अनमोल केसीको साथमा चलचित्र डेब्यु गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह को दोस्रो चलचित्र तथा नायक सलिनमान बाँनियाको डेब्यु चलचित्रको रुपमा रहेको 'ए मेरो हजुर २' लाई लिएर सलिन र साम्राज्ञीको अनस्क्रिन रोमान्स हेर्नका लागि दर्शकहरुमा आतुरी देख्न सकिन्छ्।

'ड्रिम्स' बाट दर्शकहरुको माया पाइसकेकी साम्राज्ञीले यो चलचित्र बाट पनि दर्शकहरुले राम्रो प्रतिकृया दिने बताएकी छिन्। यो चलचित्र बाट भने आफुमा निकैनै आशा रहेको बताउँदै दर्शकहरुले आफुलाई साथ दिनेमा ढुक्क रहेको बताएकी छिन्।

त्यस्तै यसै चलचित्र बाट डेब्यु गरेका सलिनको पनि क्रेज निकैनै बढेको छ। चलचित्रमा जोडिएसंगै उनको क्युटनेस तथा हेयर स्टाइल लगायत अन्य कुराहरुको चर्चा निकै चलेको छ। र उनलाई फलो गर्ने फ्यानहरु पनि बढ्दो रहेका छन्। चलचित्रको बारेमा आफ्नो अनुभव बताउँदै सलिनले दर्शकहरुमा निकैनै आशावादी रहेको जनाएका छन्। चलचित्रको गीत र ट्रेलर बाट पनि दर्शकहरुले राम्रो प्रतिकृया दिँदै आएसंगै चलचित्र रिलिजको पर्खाइ रहको सलिनले बताए। उनको करियरको लागि ए मेरो हजुर २ निकैनै महत्वपुर्ण बन्दै आएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको यस चलचित्रमा हरिहर अधिकारीको कथा रहेको छ। बसन्त सापकोटाको संगीत रहेको चलचित्रमा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। चलचित्रमा सलिन र साम्राज्ञीको अलावा सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।चलचित्र भदौ १६ बाट देशभर प्रर्दशनमा आउँदैछ्।