‘धूम २’ ले गर्यो राम्रो शुरुवात, धेरै ठाउँमा हाउस फुल

आर्टिस्ट खबर/ भदौ, काठमाडौं ।

आज हरितालिका तीजको दिनबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र 'धूम २' ले राम्रो शुरुवात गरेको छ । आजैबाट प्रदर्शनमा आएका जम्मा चार नेपाली चलचित्रहरुको बिचमा 'धूम २' ले दर्शकको राम्रो साथ पाएको छ । जय किशन बस्नेतले निर्माण तथा निर्देशन गरेको यो चलचित्र पुर्णतया मनोरञ्जनात्मक चलचित्र हो त्यसैले गर्दा पनि प्रदर्शनको शुरुमै दर्शकको मन जित्न सफल भएको बुझिएको छ ।

चलचित्रमा मुख्य भुमिकामा समेत रहेका जय किशनले नेपालका अधिकांश ठुला शहरका हलहरु हाउस फुल भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार काठमाडौंका अधिकांश र पोखरा, बुटवल लगायतका ठाउँका हलहरुमा पनि हाउस फुलका साथ चलचित्र प्रदर्शन भइरहेको छ  ।

जयकिशनले आर्टिस्ट खबरसँग टेलिफोनमा कुरागर्दै भनेका छन्:

'धूम २ को जुन अपेक्षा गरेका थियौं त्यो पुरा भएको छ । प्रदर्शनको पहिलो दिनमै धेरै ठाउँमा हाउसफुलका साथ चलचित्र प्रदर्शन भइरहेको छ । अहिले म राजधानीको अष्टनारायण हलमा छु, यहाँका चारवटा शो नै हाउसफुल छन् । साथै गोपिकृष्ण हलको पनि गोपि र कृष्ण दुईवटै हल हाउस फुल छ र अन्यमा लगाइएको छैन । त्यस्तै पोखरा, बुटवल, बिराटनगर लगायतका ठुला शहरहरुमा पनि हाउसफुलका साथ चलचित्र प्रदर्शन भइरहेको छ । '

चलचित्र 'धूम २' नेपालभरी ६७ वटा हलहरुमा एकैसाथ प्रदर्शनमा आएको छ । ‘धुम–२’ मा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । साथै 'धूम २' सँगै प्रदर्शनमा आएका अन्य तिन चलचित्र ‘हामी शरणार्थी’,  ‘देश खोज्दै जाँदा’ र ‘स्काउट’ ले दर्शकको साथ सन्तोषजनक पाएका छन् ।