सुजताको रोकियो नेपाल आईडल यात्रा, को हुन् सुजता पाण्डे ?

भदौ, काठमाडौं ।

नेपाल आईडलको टप ५ बाट सुजता पाण्डे बाहिरिएकी छिन् । भदौ ९ गते शुक्रबारको नेपाल आईडलको कार्यक्रमबाट सुजता अन्य प्रतिस्पर्धिहरुको भन्दा कम भोट आएपछि नेपाल आईडलकी एक्ली छोरी सुजता बाहिरिनु परेको हो । शुक्रबार सुजना सँगै प्रताप दास र बुद्ध लामा पनि डेन्जर जोनमा परेकी थिइन् । अन्ततः प्रताप र बुद्धको नेपाल आईडलको यो साताको यात्रा सुरक्षित भएसँगै सुजता बाहिरिइन् । सुजताले आजबाट आफ्नो नेपाल आईडलको यात्रा रोकिएपनि जिते जस्तै भयोभन्दै अरुलाई रुवाएर आफु हाँस्दै निस्किएकी थिइन् ।

को हुन् सुजता पाण्डे ?

बुटवल घर भएकी सुजता पाण्डेको घरमा आमा, बुबा, भाई र दिदि छन् । एकबर्ष अघि देखी भोकल सिक्दै गरेकी सुजतालाई घरमा आमाले भन्दा बुबाले म्युजीकमा करिअर बनाउनका लागी धेरै सपोर्ट गर्नुहुन्थ्यो । सुजताले बताए अनुसार शुरुका दिनहरुमा आमा बिष्णु पाण्डेको सपोर्ट नपाउँदा धेरै मन रोएको थियो ।

बुबा दिपक पाण्डेले नै भनेपछि सुजना नेपाल आईडलमा आएकि थिइन् । सुजताको दिदिको नाम सरिता पाण्डे हो भने भाईको नाम समिप पाण्डे हो ।