यस वर्षका तीजगीत, मौलिकताभन्दा अश्लिलता बढी हेरियो

गोपिकृष्ण चापागाईं/ भदौ, काठमाडौं ।

यस वर्षको तीजपर्व आज (शनिबार) बाट औपचारिक रुपमा सकिँदैछ । नेपाली नारीहरूको महानपर्वको रूपमा लिइएको तीजमा नारीहरू व्रत बसी तीजको अर्को दिन पूजा गर्छन र त्यसको भोलिपल्ट पञ्चमीको दिनबाट तीजपर्व पुर्णरुपमा सकिने गर्दछ । यस्तै आज नारीहरूले पूजा गरी यस वर्षको तीजलाई समापन गर्दैछन् ।

वर्षमा थुप्रै चाडपर्वहरू आउने गर्दछन् । अझभन्दा तीज पर्व भन्दा ठूलो पर्वको रूपमा मानिने दशैं तथा तिहार पनि आउँदैछन् । गीतसंगीतको कुरा गर्दा अन्य पर्वभन्दा तीज पर्वका लागि भनेर अत्यधिक गीतहरू बन्ने गर्दछन् । तीजका लागि मात्र सयौं गीतहरू रेकर्ड भई बजारसम्म आउने गर्छन् । यस वर्ष पनि पाँचसय बढी तीज गीतहरू बजारमा आए जसमा केही गीतहरूमात्र दर्शक तथा श्रोताको नजरमा पर्न सफल भए । तीज पर्वलाई लक्षित गरी बनाइएका गीतहरू कतिपय भिडियोकेन्द्रित मात्र हुँदा युट्युबमा धेरै हेरिने गरेको पाइन्छ । अझ पछिल्लो समय त तीजका अधिकांश गीतहरू भिडियोका लागि मात्र पनि निकालिन्छ अर्थात युट्युबमा भिडियो बनाएर अपलोड गर्ने र धेरैभन्दा धेरै ‘भ्युज’ बनाउने उद्देश्यले पनि गीत ल्याएको पाइन्छ ।

पछिल्लो समय तीजगीतमा मौलिकता हराइरहेको बेला यस वर्ष पनि बजारमा आएका अधिकांश गीतहरूमध्ये केही मात्रामा मात्र मौलिकता झल्किएका पाइयो । युट्युबमा धेरैपटक हेरिँदा गीत लोकप्रिय भयो भनी अनुमान लगाउन सकिन्छ तर त्यसो भनिरहँदा युट्युबमा राखिएको भिडियो अश्लिलताका कारण पनि धेरैपटक हेरिने गरेको पाइन्छ । यो वर्ष युट्युबमा अत्यधिक हेरिएका तीज गीतको कुरा गर्दा दुई महिनाअघि अपलोड गरिएको तिलक ओली र ज्योति मगरको स्वरमा रहेको ‘केटा काटेर’ बोलको गीत नम्बर एकमा परेको छ । तर यो गीतको भिडियो तथा शब्दले दुई अर्थ दिने हुँदा युट्युबले समेत यसलाई उमेरबन्दी (१६ वर्षभन्दा मुनिकाले हेर्न नमिल्ने) बनाइदिएको छ । खुल्दुली इन्टरनेटमेन्टले अपलोड गरेको यो भिडियोलाई दुई महिनाको अवधिमा २४ लाख भन्दा बढीपटक हेरिएको छ । त्यस्तै युट्युब ‘भ्युज’को आधारमा दोस्रो नम्बरमा 'अहिलेको तीज' बोलको गीत परेको छ । चलचित्र क्षेत्रका दुई नायिका वर्षा राउत र वर्षा सिवाकोटीको अभिनय रहेको यो गीतमा सिन्धु मल्लको स्वर रहेको छ । राजकुमार बगरको रचनामा बनेको यो गीतमा तीजको मौलिकता झल्किएको देखिन्छ । यो गीतको भिडियोलाई म्युजिक नेपालले एक महिना अघि अपलोड गरेको हो जसलाई १८ लाखभन्दा बढी पटक हेरिएको छ ।

त्यस्तै गायक पशुपति शर्माको भविष्यबाणी गीतलाई पनि धेरैपटक हेरिएको छ । ठट्यौली पाराले बनाइएको यो गीतमा पशुपति शर्मा र मन्जु बिकको स्वर रहेको छ । साथै भिडियोमा पनि पशुपति, मन्जु र सुष्मा लोहनीको अभिनय रहेको छ । यो गीतमा तीजसँग जोडिएका कुनै शब्द नभए पनि रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । त्यस्तै यो गीत पछाडि रेशम सापकोटा र देवी घर्तीको स्वरमा रहेको वृद्धााश्रम बोलको गीत आएको छ । यो गीतलाई पनि युट्युबमा १३ लाख भन्दा बढी पटक हेरिएको छ । त्यस्तै पशुपति शर्माको अर्को ‘मेरो छोरा दुई नम्बरी गर’ बोलको गीतलाई पनि युट्युबमा ११ लाख भन्दा बढी पटक हेरिएको छ । पशुपतिसँग शान्ति श्री परियारको स्वर रहेको यो गीत पनि ठ्ट्यौली बनाइएको छ ।

त्यस्तै विशेषगरी तीजकै समयमा गीत गाएर दर्शक तथा श्रोताको मन जित्ने गरेकी गायिका कोमल वलीको एक गीत पनि यो वर्ष निकै हेर्न तथा सुन्ने गरियो । कोमल र उनकी बहिनी प्रज्ञा वलीले गाएको ‘म त नाच्दिनँ के रे’ बोलको गीत कोमलले एक महिना अघि आफ्नै युट्युब एकाउन्टबाट अपलोड गरिन् । जुन गीतलाई निकै राम्रो प्रतिक्रिया पनि आयो । गीतमा कोमल र प्रज्ञा दुवैले नृत्य गरेका छन् । यो गीतलाई पनि युट्युबमा झण्डै १० लाखपटक हेरिएको छ । त्यस्तै खुमन अधिकारी र शर्मिला विश्वकर्माको स्वरमा रहेको ‘सितारा बाटेको डोरी’ बोलको गीतलाई पनि अत्यधिक रुचाइयो । यो गीतको शब्दमा पनि तीजको मौलिकता झल्किएको छ । म्युजिक नेपालबाट युट्युबमा अपलोड गरिएको यो गीतको भिडियोलाई पनि ७ लाख भन्दा बढी पटक हेरिएको छ ।

यसरी यो वर्षको तीज गीतहरू हेर्दा मौलिकता झल्किएका गीतहरू पनि बजारमा केही मात्रामा त आएका छन् तर युट्युबमा बढी हेरिएको कुरा गर्दा अश्लिलता नै बढी हेरिने गरेको छ । गतवर्षको कुरा गर्दा पनि अधिकांश दोहोरो अर्थ तथा निकै छोटा कपडा लगाएर बनाइएका भिडियोहरू लाखौं पटक हेरिएको थियो ।

लोकगीतको विषयमा केही स्रष्टाहरूले सेन्सर बोर्डको आवश्यकताको आवाज पनि उठाएका छन् तर सेन्सरको अवाज आवाजमा मात्र सीमित हुँदा दिनप्रतिदिन युट्युबको ‘भ्युज’ केन्द्रित भिडियो बढी आउन थालेका छन् ।

यो सामाग्री हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।