‘नेम्पा फिल्म अवार्ड’: तिन मनोनयन सार्वजनिक

भदौ, काठमाडौं ।

यही २०१७ सेप्टेम्बर १७ तारिखका दिन अमेरिकामा हुन गहिरहेको ‘नेम्पा फिल्म अवार्ड २०१७’ को तिन मनोनयन सार्वजनिक गरिएको छ । नेपाली चलचित्रको विकाश, विस्तार, प्रवद्र्धन एवं सम्बद्र्धनको लागि योगदान दिदै आएको नेपाल चलचित्र संघले अमेरिकाको टेक्सासको डालसमा डि.ए.बि.एस इन्टरटेन्टमेन्ट टेक्सास, डालससंगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आयोजना गर्दैछ ।

यस नेम्पा फिल्म अवार्डका लागी जम्मा ४५ वटा चलचित्र सहभागी हुन आएको र जम्मा १८ बिधामा यो अवार्ड वितरण गर्न लागिएको आयोजकले जनाएको छ ।

सार्वजनिक भएका उत्कृष्ट तिन मनोनयनको उत्कृष्ट चलचित्रमा ‘पुरानो डुङ्गा’, ‘जात्रा’ र ‘छक्का पञ्जा’ पर्न सफल भएका छन् । त्यस्तै उत्कृष्ट अभिनेतामा  चलचित्र ‘लुकामारी’ बाट सौगात मल्ल, चलचित्र ‘बीरविक्रम’बाट दयाहाङ्ग राई र चलचित्र ‘जात्रा’ बाट विपिन कार्की मनोनयनमा परेका छन् । त्यस्तै उत्कृष्ट तिन अभिनेत्रीमा चलचित्र ‘छक्का पञ्जा’ बाट प्रियंका कार्की, चलचित्र ‘लभ सासा’ बाट  केकी अधिकारी र चलचित्र ‘डाईङ क्यान्डल’बाट श्रृजना सुब्बा मनोनयनमा परेका छन् ।

त्यस्तै उत्कृष्ट तिन निर्देशकमा चलचित्र ‘छक्का पञ्जा’ बाट दीपाश्री निरौला,  चलचित्र ‘पुरानो डुङ्गा’ बाट रामबाबु गुरुङ्ग र चलचित्र ‘जात्रा’ बाट प्रदीप भट्टराई पर्न सफल भएका छन् । साथै उत्कृष्ट लेखकको मनोनयनमा रामबावु गुरुङ्ग  चलचित्र ‘पुरानो डुङ्गाबाट’, प्रदीप भट्टराई चलचित्र ‘जात्रा’ बाट, दीपकराज गिरी, चलचित्र ‘छक्का पञ्जा’ बाट परेका छन् । त्यस्तै उत्कृष्ट हास्य कलाकारमा विपिन कार्की चलचित्र ‘लूट २’ बाट, बुद्धि तामाङ्ग चलचित्र ‘छक्का पञ्जा’ बाट र केदार घिमिरे चलचित्र ‘छक्का पञ्जा’ बाट परेका छन् । यस्तै उत्कृष्ट छायांकारमा चलचित्र ‘पुरानो डुङ्गा’ बाट शैलेन्द्र डी कार्की, , चलचित्र ‘छक्का पञ्जा’ बाट पुरुषोत्तम प्रधान र चलचित्र ‘लूट २’ बाट पनि पुरुषोत्तम प्रधान नै पर्न सफल भएका छन् । उत्कृष्ट सम्पादकको सुचिमा चलचित्र ‘पुरानो डुङ्गा’ बाट निमेश श्रेष्ठ, चलचित्र ‘लूट २’ बाट सुरेन्द्र पौडेल र चलचित्र ‘छक्का पञ्जा’ बाट विपिन मल्ल परेका छन् ।

मनोनयनमा पर्नेहरुलाई यही भदौ १९ गते काठमाण्डौमा एकसमारोहका बीच प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।