भदौ, काठमाडौँ ।

मच्छेगाउँमा आयोजित दोस्रो लाखें नाँच एवं सांस्कृतिक तथा सम्मान कार्यक्रममा केहि कलाकारहरुलाई सम्मान गरिएको छ । आईतबार सम्म चल्ने उक्त सांस्कृतकि ककार्यक्रममा एक्सन स्टार नायक निखिल उप्रेती, चलचित्र वितरक गोपाल कायस्थ र संगीतकार बसन्त सापकोटालाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी.ले सम्मान गरेका हुन् ।

नेपाल सांस्कृतिक कला मन्दिरले आयोजना गरेको उक्त सांस्कृतिक कार्यक्रममा अन्य व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न जिल्लाका लाखें नाच प्रस्तुत गरिएको थियो । नेवार समुदायको परम्परागत नृत्य लाखें नाच संरक्षण तथा अहिलेको पिडिहरुलाई ४ शय बर्ष अगाडी हाम्रो सांस्कृति कस्तो थियो भने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा आज भन्दा ४ शय बर्ष अगाडिको लाखें नाच देखाएको थियो ।