पल र आँचलले पाए एक अर्काको साथ (भिडियो)

भदौ, काठमाडौं।

पछिल्लो समय नायक पल शाह तथा नायिका आँचल शर्मा अभिनित चलचित्र 'जोनी जेन्टलम्यान' निकैनै प्रतिक्षित बनेको छ। यसैविच चलचित्रको गीत सार्वजनिक भएको छ। राजधानीमा आइतवार कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको 'जब जब तिम्रो साथ 'बोलको गीत सार्वजनिक गरेको हो। अञ्जु पन्त र सुरेश लामाको आवाज रहेको यस गीतको भिडियोमा पल शाह र आँचल शर्माको केमेष्ट्री देख्न सकिन्छ्।  गीतमा अर्जुन पाखरेलको शब्द संगीत रहेको छ।

भदौ ३० बाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्रलाई नितिन चन्दले  निर्देशन तथा एन्ड्रियु पौडेलले निर्माण गरेका हुन्। चलचित्रमा पल रआँचलको अलावा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा  रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट रहेको छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो चलचित्रमा सन्जु शाह सह निर्माताको रुपमा रहेका छन् ।