
<pre><b>भदौ, काठमाडौं। </b></pre><p style="text-align: justify; ">२००६ मा रिलिज भएको बलीउड फिल्म अक्सर ले राम्रै सफलता पाएको थियो। फिल्मको गीत पनि दर्शकहरुले निकै रुचाएका थिए। अब भने ११ वर्ष पछि यसको सिक्वेल अक्सर २ आउने भएको छ। फिल्मको हालै ट्रेलर रिलिज भएको छ। जसमा टिभी का चर्चित एक्टर गौतम रोडे र बलीउड की हट एक्ट्रेस जरीन खान लीड रोलमा रहेका छन्। </p><p style="text-align: justify; ">यस अघिको फिल्म 'अक्सर' इमरान हाशमी र उदिता गोस्वामीको हट सिनका कारण चर्चित बनेको थियो। अक्सर २ भने जरिनको बोल्डनेसले भरिएको छ। यो फिल्म ६ अक्टोबरमा रिलिज हुने भएको छ। फिल्मलाई अनंत महादेवनले निर्देशन गरेका हुन्। साथै फिल्मका निर्माता तथा लेखक पनि अनन्त नै रहेका छन्। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/o-owuA1rezY" width="640" height="360" class="note-video-clip"></iframe>एजेन्सी</p>