
<pre><b>भदौ, काठमाडौं। </b></pre><p> युवापुस्ता हरुमा चल्दै आएको प्रेम, रोमान्स र विछोडको कथामा आधारित चलचित्र ‘टिनएज’को ट्रेलर सार्वजनिक भएको छ ।सोमवार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर तथा प्रर्दशन मिति सार्वजनिक गरिएको छ। अञ्जली खड्की, नरेश वीर सिंह, सरोज शाह, प्रतिक्क्षा खड्का, कृष्ण सिवाकोटी, अजय खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको यस चलचित्रको ट्रेलरमा युवापुस्ताको प्रेमलाई फरक तरिकाले देखाइएको छ। </p><p>नृत्य निर्देशक दिनेश पाख्रिनको निर्देशन रहेको चलचित्रमा विरु मगर र चिनिमाया वाइवाको लगानी तथा विकास चौधरी र बसन्त सापकोटाको संगीत रहेको छ ।चलचित्र कार्तिक २७ बाट प्रर्दशनमा आउने भएको छ। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/_zI2CFUJqIs" width="640" height="360" class="note-video-clip"></iframe><br></p>