<pre><b>भदौ, काठमाडौं। </b></pre><p style="text-align: justify; ">सुपरहिट फिल्म बाहुबली को कहानी अब दर्शकले हरेक वर्ष पर्दामा देख्न पाउने भएका छन्। मिडिया का अनुसार यदि निर्माताहरुको योजना अनुरुप भएमा फिल्मलाई 'गेम अफ थ्रोन्स'को जस्तै सिजन को रुपमा हेर्न पाइनेछ्। </p><p style="text-align: justify; ">बाहुबली को दुवै भाग ले दुनियांमा करोडौंको कमाई गर्न सफल भएको थियो। फिल्मले भारतमा मात्रै ५०० करोड भन्दा बढी कमाएको थियो। र अब यसको तेस्रो भागको चर्चा पनि निकैनै चलेको छ। तरफिल्म का निर्देशक एसएस राजामौलीले बाहुबलीको तेस्रो पार्ट बन्ने कुरालाई इन्कार गरेका छन्। तैपनि यसका लेखक र राजामौलीका पिता विजयेंद्र प्रसादले भने फिल्मलाई पपुलर शो गेम्स अफ थ्रोन्स जस्तै टीभि सिरीजको रुपमा तयार पार्ने तयारीमा रहेका छन्। यसो गरेमा फिल्म हरेक वर्ष देख्न सकिनेछ। </p><p style="text-align: justify; ">मीडिया को अनुसार एक मल्टी नेशनल कंपनी बाहुबली को निर्माताहरुको सम्पर्कमा रहेका छन्। बाहुबलीका निर्माताले हरेक सीजन बाट रोयल्टीको रूपमा २५ करोड लिनेछन्। तर यो टीवी सीरीजलाई राजामौलीले निर्देशन नगर्ने भएका छन्। यदि यो फिल्म शो को रुपमा आएमा राजामौलीलाई सीरीज मा डायरेक्शन सुपरविजन को क्रेडिट दिइनेछ्। एजेन्सी</p>