भदौ, काठमाडौं (एजेन्सी) ।

बलिउड स्टार साहरुख खानका साना कुराले पनि बलिउड तथा विश्वभरी नै हंगामा मच्चिने गर्दछ । उनले गरेका क्रियाकलाप देखी उनको आवास सम्मका कुराहरु उनका फ्यानका लागी इच्छुकको कुरा हुन्छ । यस्तैक्रममा शाहरुख खानको यतिखेर जुत्ता हराएको कुराले बलिउडमा केहि चर्चा पाएको छ ।

कुनै पार्टी समारोहमा जाँदा स्टाईलिस जुत्ता लगाएर पुग्ने शाहरुख एक पार्टीमा खालि खुट्टा देखिएका थिए । व्यवसायी मुकेश अम्बानीको पार्टीमा सहभागी हुँदा साहरुख आफ्नो जुत्ता हराएपछि तनावमा देखिएका थिए ।

व्यापारी मुकेश अम्बानीले आफ्नै घरमा गणेश उत्सव आयोजना गरेका थिए । कार्यक्रममा साहरुख लगायत अन्य थुप्रै सेलीब्रेटी सहभागी थिए । कार्यक्रममा पुग्ने बित्तिकै साहरुखले जुत्ता खोलेर गणेश भगवानको दर्शन गरे र त्यसपछि जुत्ता नलगाई निस्किए । कार्यक्रममा सहभागीहरुसँग भेटघाट गर्दा साहरुखले आफ्नो खुट्टामा जुत्ता नभएको ख्यालै गरेनन् । जब पार्टी सकियो अनि मात्रै उनले आफू खाली खुट्टा रहेको थाहा पाए ।

शाहरुखले आफ्नो खुट्टामा जुत्ता नभएको थाहा पाएपछि दौडिएर आफ्नो कार भएतिर लागे । उनले आफुले जुत्ता कहाँ खोलेँ भन्दा कुराको याद नगर्दा केहि बेर तनाव हुनु परेको हो । जुत्ताको खोजीकै लागि केही ब्यक्ति जुट्नुर्पयो । अन्तिममा अम्बानीका छोरा आकाश अम्बानीले साहरुखको जुत्ता खोजेर ल्याइदिएपछि माहोल शान्त भएको थियो ।