
<pre><b>भदौ, काठमाडौं। </b></pre><p>बलिउड सुपरस्टार आमिर खान आफ्नो हिट फिल्मका कारण मात्र चर्चित नभई समाजसेवाका कारण पनि उनको उत्तिकै चर्चा हुने गर्छ। यसै विच आमिर खान बिहारका बाढी पिडितका लागि दाता बनेर आएका छन्। </p><p>हालै आमिर खानले बाढीका कारण समस्यामा परेका बिहार वासीको लागि २५ लाखको आर्थिक सहयोग गरेका छन्। त्यहाँको अवस्था लाई छिट्टै सामान्य बनाउनमा उनी लागिपरेका छन्। आमिरले उक्त रकम बराबरको चेक सिएम नीतिश कुमार को अफिसमा पढाएका छन्। एजेन्सी</p>