प्रियंकाको ‘कम्मर माथी पटुकी’लाई करोड दर्शक

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नायिका प्रियंका कार्की र नायक आर्यन&nbsp;सिग्देलको मुख्य भुमिका रहेको चलचित्र 'नाइ नभन्नु ल ३' को गीत 'कम्मर माथी पटुकी'ले युट्युबमा एक करोडभन्दा धेरै दर्शक कमाएको छ। युटुवमा अपलोड गरिएको दुई वर्षमा यस गीतको भिडियोले एक करोड भ्युज पाएको हो ।बसन्त सापकोटाको संगीत, एक नारायण भण्डारीको शब्द रहेको गीतमा मेलिना राई र प्रल्हाद तिमल्सिनाको स्वर रहेको&nbsp;छ । गीतको भिडियोमा प्रियंका कार्की र आर्यन सिग्देलको दमदार नृत्य देख्न सकिन्छ । दर्शकहरुमा यो गीतका साथै चलचित्र पनि निकै चर्चित बन्न् सफल भएको थियो।&nbsp;</p><p style="text-align: justify; ">संगीतकार बसन्त सापकोटाले कम्मर माथीले करोड दर्शक पाएपछि आफ्नो तीन गीतले करोड भन्दा बढी दर्शक पाएर करोड क्लवमा ह्याट्रिक गरेको भन्दै खुसी व्यक्त &nbsp;गरेका छन्। उनले फेसुबुकमा स्टाटस राख्दै दर्शक स्रोतालाई धन्यवाद पनि दिएका छन्। उनको संगीतमा रहेको गीतहरु 'तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्छ' र चलचित्र 'हाउ फन्नी' को गीत 'सिरैमा सिरबन्दीे' यस अघिनै करोड क्लवमा समावेश भइसकेको छ।&nbsp;</p>