आर्टिस्ट खबर/ भदौ, काठमाडौं ।

बिहिबार साँझ चलचित्र ए मेरो हजुर २ को प्रिमियर गरिएको छ । नेपाली चलचित्रकर्मि तथा पत्रकारहरुका बिच गरिएको प्रिमियरबाट चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । चलचित्र हेरिसकेपछि चलचित्रकर्मिहरुले बिशेषतः प्रेम, मेकिंग र कमेडीको पाटो बलियो रहेको प्रतिक्रिया दिएका थिए । अभिनेत्री झरना थापाले आफुले पहिलो पटक निर्देशीनको यात्रामा हात हालेको चलचित्रबाट राम्रो प्रतिक्रिया पाएकोमा उत्साहित भएको बताएकी छिन् । साथै उनले अहिलेनै आफु पुर्णतया खुसी नरहेको पनि बताइन् । 'म धेरै खुसी छैन किनकी प्रिमियर हेर्ने त मेरो नजिकको साथीभाईहरु हुनुहुन्छ उहाँहरुलाई त मैले बनाएको चलचित्र राम्रो लाग्न सक्छ तर दर्शकको आँखाबाट कस्तो देख्न हुन्छ त्यो भोलीको दिनमा थाहा हुनेछ त्यसैले कस्तो होला केहिदिनसम्म अन्योलमा छु ।', निर्देशक झरनाले आर्टिस्ट खबरसँग कुरागर्दै भनिन् ।

त्यस्तै चलचित्रका मुख्य नायक सलिनमान बायिना र सलोन बस्नेतले पनि आफुहरुले सोचजस्तै प्रतिक्रिया आएकोमा खुसी ब्यस्त गरे । साथै नायिका साम्राज्ञी राज्य लक्ष्मि शाहले चलचित्रको अघिल्लो र पछिल्लो भागमा आफुलाई दर्शकले केहि मात्रामा फरक अभिनयमा देख्न पाउने बताउँदै दुबै भागमा आफुले सक्दो मेहनत गरेको र राम्रो फल पाएको बताइन् । साथै उनले आफ्नो पहिलो चलचित्र हिट भएकोले पनि दोस्रो चलचित्रलाई दर्शकले कत्तिको मन पराउनेछन् र आफ्नो करिअरमा कत्तिको असर पार्छ भन्नेमा उत्सुकता रहेको बताइन् ।

चलचित्र हेरिसकेपछि धेरैले राम्रो प्रतिक्रिया दिएका थिए । प्रिमियरमा रेखा थापा, दिपा श्री निरौला, केदार घिमिरे, इन्दिरा जोशी, रमेश उप्रेती, निता ढुंगाना, पल शाह, आँचल शर्मा लगायतका कलाकारहरु देखिन्थे ।

तस्बिरः निरज पन्थी/ आर्टिस्ट खबर