भदौ, काठमाडौं।

निश्चल बस्नेत तथा आशिफ शाहको निकैनै प्रतिक्षित चलचित्र '२ रुपैयाँ'को ओएसटी गीत सार्वजनिक भएको छ । 'दुई रुपैयाँ 'बोलको ओएसटी गीतमा र्यापर लाउरे र एड्रे को आवाज रहेको छ। गीतमा उनीहरुको दमदार र्याप रहेको छ। सार्वजनिक गीतको भिडियोमा लाउरे, एड्रेसँगै निश्चल बस्नेत र आशिफ शाह फिचरिंग भएका छन्।

चलचित्रको यस अघि सार्वजनिक भएको ट्रेलर तथा 'कुटुमा कुटु' र 'टल्क्यो जवानी'ले दर्शकहरु बाट राम्रो प्रतिकृया पाइरहेको छ। ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली. को निर्माणमा बनेको यस चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् । भदौ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रमा निश्चल र आशिफ संगै बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको अभिनय रहेको छ।