
<pre><b>भदौ, काठमाडौं। </b></pre><p style="text-align: justify; "> सुपरस्टार सलमान खान लाई लिएर उनका फ्यानहरुमा सधैंनै चासो रहने गर्छ। रिल लाईफ होस या रियल लाईफ फ्यानहरु उनी संग केही न केही गरी जोडिनै चाहन्छन्। </p><p style="text-align: justify; ">हालै सलमान आफ्नो घर बाट मर्निंग वाल्क को लागि निस्किएका थिए। यसै दौरान उनको फ्यानहरुको ग्रुप उनको नजिक आए र सेल्फी खिच्न का लागि जोर गर्न थाले। सलमानको बडिगार्डले रोक्ने कोशिस गरे तर कत्ति कोशिस गर्दा पनि उनीहरु त्यहाँ बाट हटेनन् र सलमान जगिंग गर्दै अघि निस्किए। </p><p style="text-align: justify; ">एक पपुलर मिडिया का अनुसार सलमान त्यहाँ बाट फर्किने समयमा त्यही केटाहरु उही ठाउँमा रक्सी र चुरोट पिइरहेका थिए। सलमानले जब उनीहरुलाई नशामा देखे उनी त्यहाँ पुगेर उनीहरुलाई सम्झाएका थिए। </p><p style="text-align: justify; ">सलमानले ती केटाहरुलाई भने रक्सी र चुरोट पिउनु नराम्रो आदत हो। यसले स्वास्थ्य लाई पनि ठुलो नोक्सान पुग्छ्। यसपछि ती केटाहरुले सलमानको कुरा राम्ररी सुने र चुरोट रक्सी त्यही डस्बिनमा फालिदएका थिए। उनीहरुले आफ्नो कुरा मानेपछि सलमान खुसी का साथ उनीहरुसंग सेल्फी खिचेका थिए। एजेन्सी</p>