भदौ, काठमाडौं।

नेपाली हलहरुमा शुक्रवार चलचित्र रिलिज हुने परम्परा संगै आज बाट चलचित्र 'ए मेरो हजुर २' प्रर्दशनमा आएको छ। सोलो प्रर्दशनमा आएको चलचित्रले एकल रुपमा दर्शक तान्ने देखिन्छ्। त्यसो त आजबाट हलहरुमा बलिउड फिल्म बादशाहो पनि रिलिज भएको छ। चलचित्र संग भिड्नका लागि अन्य कुनै नेपाली चलचित्र रिलिज भएका छैनन्।

विहिवार साँझ भव्यताका साथ प्रिमियर सम्पन्न गरेको चलचित्रले रिलिज भएको सुरुवातमा नै दर्शकको राम्रो साथ पाएको छ। नेपाली चलचित्रकर्मि तथा पत्रकारहरुका बिच गरिएको प्रिमियरबाट चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । चलचित्र हेरिसकेपछि चलचित्रकर्मिहरुले बिशेषतः प्रेम, मेकिंग र कमेडीको पाटो बलियो रहेको प्रतिक्रिया दिएका थिए ।

बताइएअनुसार शुक्रवारको विहानको शोमा गोपीकृष्ण मुभीजको ४ वटा हल हाउसफूल भएको छ । सात पर्दा रहेको हलका कृष्ण, ओम, नम र शिवाय ए मेरो हजुर २का दर्शकले भरिभराउ छन् । यस्तै राजधानीका अन्य ठुला मानिने हल अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकको साथ उत्कृष्ट पाईएको हल सञ्चालकहरुबाट रिपोर्ट प्राप्त छ ।

मल्टिप्लेक्समा पनि फिल्मको विहानी शो सबैतिर हाउसफुल भएको छ भने क्युएफएक्स तथा बिग सिनेमाले प्रदान गरेका शुक्रबारका सबैजसो शो का सिटहरु अग्रिम बुकिङले भरिएका छन् । राजधानीमा फिल्मको पहिलो दिनको बिहानी अकुपेन्सी ८० प्रतिशत माथी देखिएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाको निर्माण बनेको यस चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत र नवनायक सलिनमान बनियाँ मुख्य भूमिकामा रहेका छन्।