भदौ, काठमाडौं।

गायिका चन्दा देवानको एकल साँझ शनिबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ । केही दिनमात्र चन्दाको आवाजमा एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो । देवानका २ गीतमा कलाकारले नृत्य प्रस्तुती समेत दिनेछन् । यस्तै, यो कार्यक्रममा देवानका २ गीतका म्यूजिक भिडियो पनि सार्वजनिक गरिनेछ ।

शनिबार बेलुकी ४ बजेबाट सुरु हुने एकल साँझका लागि दर्शकले ५ सय र १ हजार बराबरको टिकट काट्नुपर्नेछ । यो कार्यक्रममा चन्दाले ‘खिर मिठो, तिम्रो कथा, भेट्नु छुट्नु, नगर्जिने बादल, त्यो फड्के साँघुले’सहित एक दर्जन गीत प्रस्तुत गर्ने आयोजकले बताएको छ ।