‘२ रुपैँया’ को ‘कुटुमा कुटु’ले कमायो २ करोड

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>दर्शकहरुमा निकैनै प्रतिक्षित बनेको चलचित्र '२ रुपैँया'को गीत 'कुटुमा कुटु'ले &nbsp;युटुवमा दुई करोड भन्दा बढी भ्युअर्स कमाउँदै नयाँ रेकर्ड राखेको छ। यस संगै गीत 'कुटुमा कुटु' छोटो समयमा नै सर्वाधिक हेरीएको ऐतिहासीक गीत बनेको छ । राजनराज सिवाकोटीको संगीत, शब्द तथा स्वर रहेको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ ।साथै गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आशिफ शाह र बुद्धि तामाङको नृत्यलाई दर्शकहरुले निकै रुचाएका छन्।&nbsp;</p><p>गीतको व्यापकताका कारण पनि दर्शकहरुमा चलचित्र २ रुपैँया निकैनै प्रतिक्षित बनेको छ। अशिम शाहको निर्देशन रहेको यस चलचित्र आउँदो शुक्रबार भदौ २३ गतेदेखि अल नेपाल रिलिज हुने भएको छ। चलचित्रमा निश्चल, आशिफ, बुद्धिसँगै टिका पहारी, मेनुका प्रधान, राजन इशान लगायत कलाकारहरुको अभिनय रहेको छ ।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/VwIWfvW3SD8" width="640" height="360" class="note-video-clip"></iframe><br></p>