विवादपछि आयो ‘नेपाल आइडल’को यस्तो चेतावनी

भदौ, काठमाडौं।

नेपाली टेलिभिजनमा पछिल्लो समय निकैनै चर्चित बनेको रियालिटी शो ‘नेपाल आइडल’ यतिवेला विवादमा मुसिंदै गएको छ। आइडलका जजले गरेको केही बिवादस्पद निर्णय र भोटिङको अवसरले झन् यतिवेला यो शो झनै विवादमा परेको छ। शो को शुक्रबारको प्रस्तुतीमा टप ४ बाट कोही पनि आउट नगर्ने आयोजकले निर्णय गरेपश्चात दर्शकहरुमा शो लाई लिएर चर्को आलोचना हुन थालेको छ।

दर्शकहरुले सामाजिक संजाल मार्फत नकारात्मक टिका टिप्पणी गर्न थालेका छन्। कार्यक्रममा पैसाको खेल भएको, निर्णायकले प्रतिभा भन्दा पनि पैसा हेरेको र क्षमतावान प्रतियोगीलाई आइडलबाट बाहिर राखेको, जजले पनि निष्पक्ष भन्दा पनि आयोजकको चहाना पुरा गरेको जस्ता आरोप नेपाल आइडलका संचालक तथा आयोजकलाई सर्वसाधारणले लगाएका छन् । कार्यक्रमका संचालक, निर्माण कम्पनि तथा जजलाई कतिपयले सामाजिक संजालमा बिभिन्न शब्द मार्फत ब्याङ्ग्यात्मक तरिकाले उडाइरहेका छन् ।

यसरी दर्शकहरुको चर्को आलोचना आउन थालेपछि आयोजक तथा निर्माण पक्षले आफ्नो स्पस्टिकरण सहित अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन शोको प्रतिष्ठामाथि आँच आउने गरी सामाजिक संजालमा कार्यक्रम र कार्यक्रमका आयोजक रजज प्रति जथाभाबी शब्द प्रयोग गरेर गाली गर्नेहरुलाई साइबर क्राईम अन्तर्गत कारबाही गर्ने तयारी भइरहेको चेतावनी दिएको छ। च्यानलको  स्पष्टिकरण यस्तो रहेको छ।