
<pre><b>भदौ, काठमाडौं। </b></pre><p>सलमान खानको रिस त तपाईले उनको फिल्महरुमा निकैनै देख्नु भएको छ। तर हालै उनी रियल लाईफमानै यति रिसाएका छन् कि उनले आफ्नो एक फ्यानको फोननै फ्याँकि दिएका छन्। तपाई लाई लाग्न सक्छ कि उक्त फ्यानले सलमानको साथमा के गरेको थियो जसका कारण सलमानले उसको फोननै फुटाईदिए। </p><p>भारतीय मिडियाका अनुसार हालै एक अवार्ड शोको दौरान सलमानआफ्नो परिवार र साथीहरुको साथमा कुरा गरीरहेका थिए। त्यसै वेला उनको एक फ्यान त्यहाँ आए र सलमानलाई आफ्नो अनब्रेकेबल फोन देखाउन लाग्यो। त्यो फोन कहिल्यै नटुट्ने फ्यानको भनाई थियो। फ्यानको यो कुरालार्य पहिलेत सलमानले वेवास्ता गरेका थिए र आफ्नो कुराकानीमै व्यस्त थिए तर उसले लगातार आफ्नो फोनको व्याख्या गर्न थालेपछि सलमान ले रिसमा उसको फोन लिएर जमिनमा फालिदिए। तर त्यो फोन साँच्चेनै फुटेन्। सलमानले फेरि पनि फोन फ्याँके तर पनि फोन फुटेन। फोन फुटाउन उनले निकै कोशिस गर्नपर्यो र अन्तत फोन टुक्रा टुक्रा भयो। सलमानले त्यपछि फोन को टुक्रा उठाए र उक्त फ्यानलाई दिँदै भने-' अनब्रेकेबल फोन'। सलमानले यस्तो गरेपछि त्यहाँ रहेका सबै हाँस्न लागेका थिए। एजेन्सी</p>