
<pre><b>भदौ,काठमाडौं। </b></pre><p><p style="text-align: justify;">बलीउडमा आजभोलि वायोग्राफीको ट्रेन्ड चलेको छ। हालै मात्र आशा पारेख, ऋषि कपूर र करन जोहरले पजि आफ्नो वायोग्राफी जारी गरेका थिए। यि तिनको आत्मकथालाई मानिसहरुले राम्रो प्रतिकृया दिएका थिए। अब यस रेसमा अनिल कपूर पनि सामिल हुने भएका छन्। <br> छिट्टैनै अनिल कपूरका फ्यानहरुले उनको जिन्दगी संग जोडिएको कैयौं कुराहरु जान्न पाउने छन्। त्यसो त अनिल कपूरले पहिले नै प्रष्ट पारेका छन कि उनको किताबमा कुनै मसला हुने छैन्। अर्थात उनको अफेयर को कुरा तथा अन्य अफ रेकर्डको कुरा किताबमा हुनेछैन्। उनले भनेका छन् बायोग्राफीमा म कुनै ठुलो खुलासा गर्नेछैन्। मैले आफ्नो जीवन यात्रालाई निकैनै इमान्दारीका साथ वयान गरेको छु। उनले भने मैले २३ वर्षको उमेरमा एक्टिंग सुरु गरेको थिएँ। त्यति बेला मैले फिल्म हमारे तुम्हारेमा सानो रोल प्ले गरेको थिएं। भगवानको कृपाले आज म ६१ वर्षको भएको छु र आफ्नो बच्चाहरुको साथमा काम गरिरहेको छु। मेरो कहानी बाट धेरै कुरा सिक्न र सम्झिन सकिन्छ्। किन मानिसलाई मेरो अफेयरको बारेमा नै जान्नको लागि आतुरी रहेको छ। <br>जानकारी रहोस अनिल कपूरको नजिकका साथी तथा पत्रकार खालिद मोहम्मद उनको बायोग्राफी लेखिरहेका छन्। एजेन्सी</p></p>