रिमिक्स स्टाइलमा आयो ‘जिरेखुर्सानी’को शिर्षगीत (भिडियो)

भदौ, काठमाडौं।

नेपाली दर्शकहरुमाझ चर्चित बनेको  हाँस्यटेलिश्रृंखला 'जिरेखुर्सानी' केही समयको ब्रेकपछि पु:न प्रसारणमा आउने भएको छ। यस टेलिश्रृंखलालाई हाँस्यकलाकार जितु नेपाल मुन्द्रे ले निर्देशन गरिरहेका छन्। यसैविच ‘जिरे खुर्सानी’को शिर्षगीत सार्वजनिक भएको छ । शिर्षगीतलाई यस अघिको शैली भन्दा फरक शैलीमा रिमिक्स तरिकाले गाइएको छ। र भिडियो पनि निकै रमाइलो बनेको छ।
भिडियोमा हाँस्यकलाकार जितु नेपाल, राजाराम पौडेल, निरज नेपाल, शिवहरी बैरागी नेपाल  र कार्टुन्ज क्रु का सरोज अधिकारी देखिएका छन् ।टंक बुढाथोकीको संगीतमा तयार भएको गीतमा टंक र जितु नेपालको स्वर रहेको छ । गीतको शब्द टेलिश्रृंखलाका निर्देशक जितु नेपालले नै लेखेका हुन् । शीर्ष गीतको कोरियोग्राफी कार्टुन्ज क्रु का सरोज अधिकारीले गरेका छन् ।

अब दर्शकहरुले यो कार्यक्रमलाई हरेक साताको बिहीबार बेलुकी ८ः४५ बजे नेपाल टेलिभिजनमा हेर्न पाउनेछन्।

यस्तो छ शिर्षगीतको भिडियो: