भदौ, काठमाडौं।

पछिल्लो समय अभिनयका साथै राजनितीमा पनि सक्रिय रहँदै आएकी चर्चित अभिनेत्री तथा नयाँ शक्ति नेपालकी नेत्री करिष्मा मानन्धर विद्यालय भर्ना भएकी छिन् । ग्यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेपछि अध्ययनलाई छोडेर चलचित्रमा लागेकी करिश्माले यतिवेला औपचारिक शिक्षालाई निरन्तरता दिनका लागि कक्षा ९ मा भर्ना भएकी हुन्। उनी अहिले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी छिन् ।

नयाँ शक्ति पार्टी नेपालले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा करिष्माले आफूले विद्यालय अध्ययन गर्न थालेको खुलासा गरेकी हुन् ।उनले भनिन् म पुनः नियमित अध्ययनमा लागेकी छु। नियमित कक्षामा जान त सक्दिन्। तर अध्ययन भने त्रिवेणीमा अध्ययन गर्न थालेकी छु।’ ‘सिनेमा त मैले पिएचडी नै गरेँ भने पनि हुन्छ, तर औपचारिक शिक्षा भने भएन, त्यही अभाव पूरा गर्न अहिले अध्ययन थालेको हुँ’, उनको भनाई थियो

सो क्रममा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले आर्यघाटमा नपुगेसम्म पढ्ने र सिक्ने क्रम नसकिने भन्दै करिष्माले अध्ययन थालेकोमा खुसी व्यक्त गरेका थिए।

२० भाद्र २०७४, मंगलवार ०३:१२