गायक सिताराम पोखरेल सम्मानित

...

<pre><b>भदौ, काठमाडौँ &nbsp;।</b></pre><p style="text-align: justify; ">सम्बाद क्लब नेपालले गायक सिताराम पोखरेललाई सम्मान गरेको छ । राष्ट्र निर्माण र पर्यटन बिकासमा नागरिक तथा संचार क्षेत्रको भूमिका बिषयक बृहत अन्तरकृया तथा सम्मान कार्यक्रममा संचार मन्त्रि माननीय मोहन बहादुर बस्नेतको हात बाट सामाजिक कार्य तथा बिगत लामो समय देखि गायन क्षेत्र बाट समाजमा पुर्याएको अतुलनिय योगदान पुर्याएको भन्दै पोखरेललाई सम्मान गरिएको हो । &nbsp;</p><p style="text-align: justify; ">सदाबहार गित आखाको नानि हौ तिमि भन्ने गित गाएर चर्चाको शिखरमा बस्न सफल तथा दर्जनौ हिट तथा सदाबहार गित गाएर नेपाली दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्न सफल बरिष्ट गायक सिताराम पोखरेल २०४४ साल देखि निरन्तर सांगीतिक फाटमा लागेर एक सय पचास भन्दा बेसी सुमधुर गीतमा आफ्नो आवाज भरि सकेका छन् । निरन्तर संगीत सधानामा नै लागेर उनले नेपालमा मात्र नभएर देश बिदेशमा समेत चर्चा कमाइ सकेका छन् ।</p><p style="text-align: justify; ">सगरमाथाको फेदी सोलुखुम्बु, खोटांग देखि तराइका फाट अनि पूर्व देखि पश्चिम सम्म देशका सबै भूभाग बाट राष्ट्रिय सम्मान आफ्नो हातमा परेका प्रशिद्द गायक पोखरेल यूरोप, अमेरिका,सिंगापुर, दुबई, मलेसियामा समेत अन्तराष्ट्रिय सम्मान बाट सम्मानित भई नेपाल पत्रकार महासंघ पर्सा, लाइन्स क्लब अफ पोखरा, लेखनाथ ज्यासिस, नेपाल भारत मैत्री संघ बाके, भानु कला केन्द्र बिराटनगर, पुर्बाञ्चल संगीत कलाकार संघ बिराटनगर, राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मान लगायत अन्य धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाईसकेका छन् । गायन संगै समाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका गायक पोखरेल मिजाशिला व्यक्तित्वका धनि पनि छन् ।</p>