क्यान्सर पिडितको लागी ‘रनवे परेड’ फेशन शो हुँदै

...

<pre><b>भदौ, काठमाडौं।</b></pre><p>ब्लड क्यान्सरबाट पीडित ३ वर्षीय बालकको स्वास्थ्य उपचार खर्च जुटाउने उद्देश्यले भदौ २४ गते शनिवार सा“झ दरबारमार्गस्थित क्लब डेजाभूमा ‘रनवे परेड–२०१७’ शीर्षकको फेसन शो आयोजना हुँदैछ । यशराज गराचद्वारा कोरियोग्राफी गरिने उक्त फेसन शो शनिवार साँझ ७ बजेपछि प्रारम्भ हुनेछ ।फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका पहिरनहरु प्रदर्शन गरिनेछ।</p><p>१६ जना महिला तथा ११ जना पुरुष मोडलहरुले पहिरन प्रदर्शन गर्ने उक्त फेसन शोमा लोकप्रिय कलाकारहरुले समेत सोस्टपरको रुपमा क्याटवाक गर्दैछन् । आयोजक संस्थाकी विजया शाहका अनुसार वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, सिर्जना रेग्मी, एनी कुँवर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेत, सलोन बस्नेत, नीराजन प्रधान, दिक्पाल कार्की, प्रदीप बास्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला, मिस्टर नेपाल–२०१७ अक्षय रायमाझी तथा बक्सिङ खेलाडी म्याक्स बस्नेत र फुटबल खेलाडी अञ्जन विष्टले समेत फेसन शोमा क्याटवाक गर्दैछन् ।</p><p>टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गर्न लागेको उक्त फेसन शोको सञ्चालन सुशिल नेपालले गर्दैछन् । आयोजक संस्थाका जोर्डन राजभण्डारीका अनुसार फेसन शोको क्रममा कमल खत्री र सुवानी मोक्तानले लाइभ कन्सर्ट दिनेछन् भने नरेश विर सिंह तथा उनको समुहले नृत्य प्रस्तुत गर्नेछ ।<br></p>