फेसबुकले चेन्ज गर्यो माग्ने बुढाको नाम, अब प्रसाद घिमिरे मात्रै

...

<pre><b>भदौ, काठमाडौं।</b></pre><p style="text-align: justify; ">चर्चित हाँस्यकलाकार केदारप्रसाद घिमिरे माग्नेबुढा को अकाउन्ट ह्याक भएको छ। फेसबुक अकाउण्ट ह्याक भएपछि उनको नाम नै परिवर्तन भएर प्रसाद घिमिरे मात्र रहेको छ। माग्ने बुढा केदारले फेसबुकमा स्टाट्स लेख्दै आफ्नो अकाउन्ट ह्याक भएको जानकारी गराएका हुन् ।&nbsp;</p><p style="text-align: justify; ">उनले आफ्नो फेसबुक अकाउण्ट ह्याक भएको जानकारी दिँदै लेखेका छन्, ‘फेसबुक ह्याक हुँदा बल्ल बल्ल अकाउण्ट त फिर्ता गरियो तर मेरो नाम ‘केदार प्रसाद घिमिरे’ को अगाडिको ‘केदार’ गुम्यो ‘प्रसाद घिमिरे’ मात्र बाँकी रह्यो । नाममा केदार थप्न ६० दिन पर्खिनुपर्ने नियम भएपनि अर्को बाटो बाट जुकर्बर्ग लाइ निबेदन गरेको छु । ए प्रुभ भएन भने अब ६० दिन यहि आधा नाम झुण्ड्याएर बस्नु पर्ने बाध्यता छ ।’</p><p style="text-align: justify; ">&nbsp;यतिबेला भने केदार सिनेमा ‘छक्का पञ्जा २’ को प्रमोशनमा व्यस्त छन् ।</p>