
<pre><b>भदौ, काठमाडौं।</b></pre><p style="text-align: justify; ">केही समय अघि प्रर्दशनमा आएको चलचित्र 'म यस्तो गीत गाउँछुको अपार सफलता पछि अब यसको सिक्वेल बन्ने भएको छ। निर्देशक सुदर्शन थापाले बुधवार आफ्नो जन्मदिनको केक काट्दै म यस्तो गीत गाउँछु २ को निर्माण घोषणा गरेका छन्।चलचित्रमा यसअघि रुचाइएका जोडी बनेका पल र पुजाको केमेष्ट्री देख्न सकिन्छ्। यस पटक चलचित्रमा सलोन बस्नेत पनि देखिने भएका छन्। '</p><p style="text-align: justify; ">अर्को वर्ष प्रदर्शन गर्ने गरी ‘म यस्तो गीत गाउँछु २’ को छायाँकन थालिने निर्देशन थापाले बताएका छन् । ‘हामीले यो छोटो जानकारी मात्रै गराएका हौ’, निर्देशकले भने, ‘सबै कलाकार तथा प्राविधिक तय गरेर हामी अर्कै ग्रान्ड प्रेसमिट गर्नेछौं ।’ सुदर्शन र पुजाको संयुक्त लगानीमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेले संगीतकारको रुपमा रहनेछन् । ‘म यस्तो गीत गाउँछु’ ले पुजा र सुदर्शनलाई नाफा दिएको छ ।</p>