भदौ, काठमाडौं।

चर्चित गायक शिव परियारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक शिव परियारको स्वर तथा लगानीमा निर्माण भएको 'मेरो मायाले बोल' को गीतको भिडियोमा भिमफेदी गाईज र नायिका स्वस्तिमा खड्का देखिएका छन्। गायक शिव परियारको शिवालय एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । भिडियोको कोरियोग्राफी भिमफेदी गाईजले नै गरेको हो ।'
गितको भिडियोलाई निर्देशक विकास सुवेदीले निर्देशन गरेका छन्। म्युजिक भिडियोको छायांकन गरेका छन् । अहिले सांगीतिक टूरका लागि अमेरिकामा रहेका गायक शिव परियारले भिडियोलाई लिएर आफू निकै उत्साहित रहेको बताएका छन् । उनले भने-मेरो सांगीतिक करिअरमा धेरै भिडियो निर्माण गरेको भएपनि यो भिडियोबाट मैँले सबैभन्दा धेरै खुशी महशुस गरेको छु । भिडियोमा हामीले नयाँ प्रयोग गरेका छौ ।
यस्तै, निर्देशक विकास सुवेदीले मेरो मायाले बोलको भिडियो नेपाली म्युजिक भिडियो उद्योगलाई नयाँ प्रयोग भएको बताएका छन् ।