नेपाल आईडलबाट बाहिरिए सागर आले (भिडियो रिपोर्ट)

आर्टिस्ट खबर/ भदौ, काठमाडौं ।

नेपालमा पहिलो पटक सञ्चालन भएको अन्तराष्ट्रियस्तरको रियालिटी शो नेपाल आईडलको टप ४ बाट सागर आले बाहिरिएका छन् । गतसाता आएको भोटको आधारमा यो साता सार्वजनिक भएको नतिजाको आधारमा अन्य चार प्रतियोगी मध्ये सागरको भोट कम आएपछि उनी बाहिरिनु परेको हो ।

कार्यक्रमको शुरुवातमै बुद्धलामा सँग गीत गाएका सागरले दोस्रो चरणमा निशानसँग गीत गाएका थिए । अब नेपाल आईडलको फाइनलका लागी प्रताप दास, निशान भट्टराई र बुद्ध लामा प्रतिस्पर्धा गर्नेछन् । सागरले नेपाल आईडलको पहिलो गीत अर्थात अडिसनमा फेवातालको ढुंगा बोलको सालैजो गीत गाएका थिए ।

Video Report:

आर्टिस्ट खबरको टिम दुई दिन अघि मात्र सागरको घर चितवन पुग्दा बाबा आमाले धेरै भोट गरिदिनुहोला भन्दै अपिल गरेका थिए तर त्यो अपिल खेर गएको छ  ।

सागरको घरमा बुबा आमा र अन्य चार दाजुभाई छन् अर्थात सागरका जम्मा पाँच दाजुभाई हुन् । उनका दाजु साजन आलेपनि राम्रो गीत गाउँछन् । उनले पनि बिभिन्न गायन प्रतियोगीतामा जितेका पनि छन् । उनै दाजु साजन आलेको प्रेरणाबाट पनि सागर नेपाल आईडलमा गएका थिए ।

सागरको नेपाल आईडलको यात्रा टुंगिएपनि उनको गायन क्षेत्रको यात्रा सदैब राम्रो होस् । आगामि दिनमा उनले गाएका नेपाली गीतहरु सुन्न पाइयोस् उनलाई आर्टिस्ट खबरको शुभकामना ।

Sagar Ale's Family Interview