करोडौंको कमाई गर्दै निश्चल र आशिफको ‘२ रुपैंया’

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">दर्शकमाझ निकैनै प्रतिक्षित बनेको चलचित्र २ रुपैंया शुक्रबारबाट प्रर्दशनमा आइसकेको छ। प्रर्दशनको दुईदिनमा चलचित्रले निकै राम्रो व्यापार गरेको छ। &nbsp;शुक्रबारको तुलनामा शनिबार चलचित्रले उत्साहजनक व्यापार गरेको छ। शनिवारको दिन चलचित्र हलहरु '२ रुपैंया'का दर्शकले हाउसफुल भएको थियो। चलचित्रले दुईदिनमा &nbsp;२ करोड ९ लाखको ब्यापार गरेको &nbsp;निर्माता &nbsp;आशिफ शाहले बताएका छन्। यसका साथै आज आइतबारको पहिलो शो मा पनि चलचित्रले निकै राम्रो व्यापार भएको बताइएको छ। &nbsp;शनिवार दर्शकहरुको माहोल बुझ्न चलचित्रका निर्माता आशिफ शाह तथा निर्माण पक्षहरु राजधानीका विभिन्न हलहरुमा पुगेका थिए।&nbsp;</p><p style="text-align: justify; ">चलचित्र हेरेर फर्किएका दर्शकहरुले चलचित्रको गीत तथा कमेडी पाटोलाई निकै रुचाएका छन्। जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा बनेको चलचित्रमा आशिफ शाह र निश्चल बस्नेतको लगानी रहेको छ ।चलचित्रलाई असीम शाहले निर्देशन गरेका हुन्। चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का, बुद्धि तामाङ, प्रतीकराज न्यौपाने, रवीन्द्र झा, विशारद बस्नेत, राजन इशान लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/nioxedBCHVg" width="640" height="360" class="note-video-clip"></iframe><br></p>