
<pre><b>भदौ, काठमाडौं। </b></pre><p></p><p style="text-align: justify;">बलिउडमा निकै समय देखि संजय दत्त र सलमान खान को दोस्तीमा मनमुटाव आएको खवरहरु आइरहेको थियो। तर हालै मुकेश अंबानी को घर एन्टिलियामा आयोजित गणेश उत्सवमा पुगेका यी दुई स्टारले एक अर्कालाई अंकमाल गरेको देखियो। यसैविच संजयले सलमानसंगको सम्बन्धको बारेमा मिडियासंग खुलेर कुरा गरेका छन्। उनीहरुको मनमुटावको विषयमा संजयले भने -उनको र सलमानको बिचमा सम्बन्ध कहिल्यै नराम्रो भएको छैन्।</p><p style="text-align: justify;"> उनले भने -'हाम्रो बिच सबै ठीक छ। सलमान मेरो भाइ हो र सधै रहनेछन्। र उनलाई माया गर्छु। हामी दुवैजना एक्टर हौं र आफ्नो आफ्नो काममा व्यस्त रहन्छौं। तर मिडियाले यसै कुरालाई गलत सम्झ्यो। मलाई थाहा छैन, मानिसहरुले हाम्रो दोस्तिलाई किन इस्यू बनाउँछन् । सलमान र म हरेक दिन त भेट्न सक्दैनौं तर हाम्रो माया तथा एक अर्काको लागि इज्जत सधैं भरी रहनेछ'। एजेन्सी</p><p></p>