‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक, झल्कियो आर्यन–रेखाको प्रेम

भदौ, काठमाडौं ।

रेखा थापाले निर्माण गरेको चलचित्र  ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक गरिएको छ । रेखा र आर्यन सिग्देलको मुख्य भुमिका रहेको ट्रेलरमा यी दुई पात्रको प्रेम झल्किएको पाइन्छ । सुदिप भूपाल सिंहले निर्देशन गरेको यो चलचित्रमा रेखा आर्यनको साथमा टिका पहारी, राजन इशानको पनि मुख्य भूमिका छ ।

रेखा फिल्मस्को ब्यानरमा निर्माण रहेको यो चलचित्रलाइ रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका हुन् । चलचित्रको ट्रेलरमा नायक आर्यन सिग्देल र कलाकार राजन इशानको चलचित्रकी शिर्ष पात्र ‘रुद्रप्रिया’ प्रतिको प्रेम र आकर्षण देखाइएको छ । नायिका रेखाले निर्माण गर्ने चलचित्रहरुमा प्राय गीतसंगीतको पाटोलाई जोड दिइएको हुन्छ । यो चलचित्रमा पनि ट्रेलर अघि सार्वजनिक गरिएको गीत चर्चित छ ।

नायक आर्यन सिग्देल र नायिका रेखा थापाले करिब ८ बर्षपछि एकसाथ चलचित्र खेलेकाले पनि ‘रुद्रप्रिया’ प्रतिक्षामा छ । कात्तिक २ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।

Trailer