
<pre><b>भदौ, काठमाडौं। </b></pre><p>बलिउडमा यतिवेला ऋतिक रोशन र कंगना रनावतको विवादले निकै चर्चा कमाइरहेको छ। यसै विच ऋतिक रोशनले कंगनाको कारण एक फिल्मका लागि मनाही गरेको खवर बाहिरिएको छ। मिडियाका अनुसार ऋतिक विकास बहलको 'सुपर ३०' बाट वायोपिक जनरामा इन्ट्री गर्नेवाला थिए। आमिर खान , सुशांत सिंह राजपूत जस्तै ऋतिकपनि वायोपिक फिल्मको हिरो बन्न चाहन्थे।<br><p> हालै ऋतिक यस फिल्मका लागि गणितज्ञ आनंद कुमार संग पनि भेटेका थिए जसबाट उनी यो फिल्ममा आउने भन्ने कुरा पक्का भइसकेको थियो। तर हालै एक मिडियाका अनुसार ऋतिक यो फिल्मबाट बाहिरिएका छन्। यसको कारण अरु केही नभएर कंगना रनावत भएको बताइएको छ। बताइएअनुसार ऋतिकले निर्माता विकास बहलको साथ काम नगर्ने जनाएका छन् किनकि विकासले नै कंगनाको सुपरहिट फिल्म 'क्वीन' निर्माण गरेका थिए। तर कतै भने ऋतिकलाई फिल्मको स्क्रिप्ट मन नपरेकाले पनि फिल्म नगर्ने बताइएको छ। एजेन्सी</p></p>