बलिउड कलाकार लिएर ‘दि कर्मा’ बन्ने

भदौ, काठमाडौं ।

चलचित्र ‘दि कर्मा’ बन्ने भएको छ । बलिउडका दुई कलाकारहरु पनि रहने भनिएको यो चलचित्र आउदो मंसिरबाट फ्लोरमा जाने बताइएको छ । सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा चलचित्रमा हुने केहि कलाकारहरुको परिचय समेत गराइएको थियो । चलचित्र आउदो नयाँ बर्षमा रिलिज हुने छ ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्रलाइ देवकुमार श्रेष्ठले निर्देशन गर्दैछन् । जयराज राय र नीशा खतिवडाको निर्माणमा तयार हुन लागेको यो चलचित्रमा भारतीय कलाकार दीपक आनन्द र करण कुमार बर्माले पनि अभिनय गर्दैछन् । निर्माता जयराजका अनुसार बलिउड दुई कलाकारहरुले पनि चलचित्रमा नेपालीमै बोल्नेछन् । ‘उहाँहरुलाई चलचित्रको कथाले नै मागेर अभिनयमा हालेका छौं । उहाँहरुले पनि नेपाली नै बोल्नुहुनेछ ।’, निर्माता जयराजले भने । निकै कम नेपाली बोल्ने र बुझ्ने दीपक र करण कुमारले आफुले लामो समयसम्म वर्कसपबाट नेपाली भाषा सिकेर चलचित्रका लागी योग्य हुने बताए । आर्टिस्ट खबरसँगको अन्तर्वार्तामा कुरा गर्दै बलिउड कलाकार दीपकले नेपाल र नेपाली निकै मन पर्ने पनि बताएका थिए ।

चलचित्रमा यी दुई बलिउड कलाकारहरुको साथमा क्षितिजा शाक्य, नसीमा आचार्य, अनुप सक्सेना लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । नेपाल र भारतका केही स्थानमा चलचित्रको छायांकन हुनेछ ।  चलचित्रमा रामेश्वर कार्कीको छायांकन, जयराज रायको कथा, सुशिल पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको नृत्य निर्देशन रहने पक्का भएको छ । भारतमा पनि प्रदर्शन हुने यो चलचित्र नेपाली र हिन्दी भाषा दुबैमा बन्नेछ ।