गायक गायिका बादल र प्रविशाले उद्घाटन गरे नयाँ सैलुन

भदौ, काठमाडौं।

गायक बादल लिम्बु तथा पाश्र्व गायिका प्रविशा अधिकारी ले सोमबार ललितपुरको जावलाखेलमा स्प्ल्यास ब्युटी सैलुन (पार्लर)को उद्घाटन गरेका छन्।  इन्दिरा लिङदेन र पासाङ लामाको लगानीमा संचालनमा आएको यस सैलुनको गायिका प्रविशा तथा गायक बादलले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका हुन्  ।

‘नोभेम्बर रेन’, ‘आई एम सरी’, ‘कसलाई दिउ यो जोवन’, ‘मालतीको भट्टी’ लगायत थुप्रै चलचित्रका गीतमा स्वर दिएकी प्रविशाले पार्लर उद्घाटनपछि केक काट्दै भनिन्, ‘सौन्दर्य मान्छेको महत्वपुर्ण आवश्यकता भइरहेका बेला यस्ता ब्युटी सैलुनहरुको भुमिका महत्वपुर्ण हुन्छ ।’

यस  पार्लरमा अन्तराष्ट्रियस्तरको ब्युटी तालिम प्रदान गरिने ब्युटीसियन समेत रहेकी संचालिका इन्दिराले बताएकी छिन्। उनले पार्लरमा स्पेसल हेयर कटिङ, हेयर स्टाइल, मेकअप, थ्रेडिङ, मसाज, स्पा लगायतका सुविधा उपलब्ध रहने बताईन्।  ‘हामी दुबईका अनुभवी टेक्नीसियनबाट ब्यूटीसियनको कोर्ष गराउँछौ,’ इन्दिराले भनिन्, ‘विदेश जानेहरुका लागि छुट्टै विशेष कोर्ष पनि गराइन्छ ।’