४ बिदेशी बडिगार्ड सहित ‘लिलि बिली’ प्रेसमिटमा प्रदीप खड्का

आर्टिस्ट खबर/ भदौ, काठमाडौं ।

नायक प्रदिप खड्का नयाँ चलचित्र ‘लिलि बिली’ मा काम गर्ने भएका छन् । ठुलो बजेटमा निर्माण हुने लागेको यो चलचित्रमा नायक प्रदिप खड्का सहित दुई नव–नायिका जसिता गुरुङ र रेविका गुरुङ रहने छन् । चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दैछन् ।

मंगलबार राजधानीको पाँचतारे अन्नपुर्ण होटलमा आयोजीत पत्रकार सम्मेलनमा नायक प्रदिप खड्का ४ बडिगार्ड सहित देखिएका थिए । साथै दुई नायिकाहरुपनि दुई–दुई बडिगार्ड सहित कार्यक्रममा उपस्थिती भएका थिए । चलचित्र निर्माण युनिटले बडिगार्ड सहित उपस्थिती गराएको बारे निर्देशन चाम्सले कलाकारलाई सम्मान गरेको र यस्तो परिपाटी नेपाली चलचित्रमा पनि बसाल्नुपर्ने बताएका थिए । ‘हामीले बलिउड चलचित्रमा कलाकारहरु बडिगार्ड सहित हिडेको देख्छौं अब नेपालमा पनि त्यो परिपाटी बसाल्नु पर्छ । यस्तो गर्नुको अर्थ हामीले कलाकारको सुरक्षा सँगै सम्मान पनि गरेको हो ।’, निर्देशक चाम्सले भने । त्यस्तै प्रदिप खड्काले ‘लिलि बिली’ को स्क्रिष्ट मन परेर छनोट गरेको बताए । उनले एक लभस्टोरी चलचित्र भएको कारणले पनि आफ्नो छनोटमा परेको बताए ।

काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त निर्माण रहने ‘लिलि बिली’ को छायांकन तिहार पछि सुरु हुनेछ । साढे दुई करोड लगानीमा बन्ने भनिएको यो चलचित्रमो छायांकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्नमा हुनेछ । कमेडी लभ स्टोरी जनराको चलचित्रमा छायांकार र संगीतकार भने तय हुंन बाँकी छन् । ‘लिलि बिली’ चैत ३० गतेदेखि प्रदर्शनमा आउने जानकारी गराइएको थियो ।