राजधानी बाहिर व्यापक प्रचारप्रसारमा ‘जोनीजेन्टलम्यान’

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नायक पल शाह र नायिका आँचल शर्माको निकैनै प्रतिक्षित चलचित्र &nbsp;‘जोनी जेन्टलम्यान’ यसै शुक्रबारबाट प्रर्दशनमा आउन लागेको छ। प्रर्दशनको समय नजिकँदै गर्दा यतिवेला निर्माण पक्ष तथा चलचित्र युनिट व्यापक प्रचारमा लागिपरेका छन्। यतिवेला चलचित्र युनिट प्रचारप्रसारको लागि राजधानी बाहिरका विभिन्न सहरहरुमा पुगेको छ। पोखराबाट सुरु गरेको प्रचार &nbsp;बुटवल, चितवन, हेटौडा हुँदै काठमाडौँमा आएर टुंगिने बताइएको छ।&nbsp;</p><p style="text-align: justify; ">प्रचारका लागि पुगेका पल, आँचल,निर्माता, निर्देशक सहितको टोलीले पोखरा, बुटवल र चितवनमा प्रेसमिट सम्पन्न &nbsp;गरिसकेको छ। प्रेसमिटमा चलचित्रका कलाकार, निर्देशक र निर्माताहरुले ‘जोनी जेन्टलम्यान’को बारेमा पत्रकारहरुसंग अन्तरक्रिया गरेका थिए।साथै &nbsp;कार्यक्रममा ‘जोनी जेन्टलम्यान’ टिमले चलचित्रको प्रचार प्रसार गर्दै दर्शकसँग सिधै अन्तरक्रिया समेत गरेका छन्। &nbsp;र अहिले यो टिम हेटौडा पुगेका छन्। &nbsp;</p><p style="text-align: justify; ">भदौ ३० बाट देशभर प्रर्दशनमा आउने यस चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका हुन्। &nbsp;एक्सन लभस्टोरी जनरामा बनेको चलचित्रमा नायक पल शाह र नायिका आँचल शर्माको केमेष्ट्री देख्न सकिन्छ्। चलचित्रमा पल र आँचलको अलावा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय रहेको छ। चलचित्रलाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् ।</p>