चर्चित गीतकार देव बज्राचार्यको निधन

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>सांगीतिक क्षेत्रका चर्चित स्रष्टा तथा गीतकार देव बज्राचार्यको निधन भएको छ ।काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा गएराती उनको निधन भएको हो । ६४ वर्षीय बज्राचार्य प्रोस्टेट ग्रन्थी, स्वासप्रश्वास लगायतका समस्याबाट पीडित थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।</p><p>संगीतकार न्ह्यु बज्राचार्यका काका रहेका देवका चर्चित गीतहरुमा 'एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ', 'एउटा गीत रचेको छु तिमीले नै गाइदिनु', 'प्रिय तिम्रो मुहारमा हासो मैले कहिले देखिन', 'मेरो आँखाबाट झरेको आँशु', 'केही दिनमा नै तिमीसँग गहिरो प्रिती बस्यो', 'किन मलाई यति चाँडै छोडी तिमी गयौ' लगायत पर्दछन्।&nbsp;</p><p>गीतकार बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी रहेका छन् । एक छोरी बिदेश रहेका कारण उनि आएपछि भोली मात्र बज्राचार्यको अन्तिम संस्कार गरिने गीतकार संघका महासचिव शुभ मुकारुङ्गले जानकारी दिएका छन ।</p>