सलोन बस्नेतको ठुलो फ्यान रश्मि तामाङ, भन्छिन् फ्रि मै भिडियो गर्न तयार

भदौ, काठमाडौं ।

नायक सलोन बस्नेत चलचित्र क्षेत्रमा उदाउदै गरेका आर्टिस्ट हुन् । उनले अहिलेसम्म आधा दर्जन चलचित्रहरुमा अभिनय गरिसकेका छन् भने उनी चलचित्रक्षेत्रमा बालकलाकारबाट प्रवेश गरेका हुन् । पछिल्लो समय उनको अभिनयले चर्चा पाउन पनि थालेको छ । बिशेष गरी कमेडी शैलीमा प्रस्तुत हुने सलोनले कमेडी भुमिकामा केहि चलचित्रमा अभिनय गरिसकेका छन् ।

यसैबिच नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित मोडल रश्मि तामाङ आफु सलोना बस्नेतको ठुलो फ्यान भएको बताएकी छिन् । रश्मिले सलोनको अभिनय आफुलाई निकै मन पर्ने बताइन् । ‘मलाई पछिल्लो समयका युवा कलाकारहरुमा सलोन बस्नेत एकदम बेस्ट लाग्छ ।’, रश्मिले भनिन् । साथै उनले यदि कुनै भिडियोमा सलोनसँग मोडलिङको अफर आउछ भने फ्रि मै खेल्न पनि तयार हुने बताइन् । ‘मलाई एकदम मनपर्ने कलाकार हुनुहुन्छ त्यसैले दुईजनालाई अफर गर्नुहुन्छ भने मेरो तर्फबाट सित्तैमा कामगर्न तयार छु ।’, रश्मिले भन्छिन् ।रश्मिले सलोनको कुनै पनि चलचित्रहरु नछुटाइ हेरेको बताउँछिन् ।

करेन्ट नेपाल न्युजले रश्मि तामाङसँग गरेको कुराकानी हेर्नसक्नुहुनेछ ।