भदौ, काठमाडौं।

चर्चित ब्यान्ड नेपथ्यले आफ्नो नयाँ गीत 'सिरानमा फोटो' सार्वजनिक गरेको छ। ब्यान्ड स्थापनाको २५ वर्ष मनाइरहेको नेपथ्यले रजतउत्सवको रुपमा नयाँ भिडियोहरु सार्वजनिक गर्दै आएको छ। सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं एल्बम ‘ऐनाझ्याल’बाट लिइएको हो ।‘ मै मरि जाउँला’गीतका शब्द र संगीत लाङटाङ भेगतिर भेटिने लोकभाकामा आधारित छ जुन स्थानमै नेपथ्यको लोकप्रिय गीत ‘भेँडाको ऊनजस्तो’खोजी गरिएको थियो ।

नेपथ्यले अष्ट्रेलिया र न्यूजिल्याण्डको श्रृंखलावद्ध सांगीतिक भ्रमण सकेर आएपछि यो गीतलाई रिलिज गरेको हो ।‘यो रिलिजसँगै हाम्रो भिजुअल टिम फेरि अर्को गीतको म्यूजिक भिडियो तयार पार्ने काममा लागिसकेको छ,’ नेपालयका किरणकृष्ण भन्छन्, ‘अबको म्यूजिक भिडियो भने अहिलेसम्म सार्वजनिक नभएको दसौं अल्बमको ताजा गीतमाथि बन्नेछ ।’