
<pre><b>भदौ, काठमाडौं।</b></pre><p style="text-align: justify; ">केही समय अघि पुर्वी तराईका भेगमा लगातार वर्षाका कारण आएको बाढीका कारण पिडित बनेका तराई वासीहरुलाई सहयोग गर्न यतिवेला विभिन्न आर्टिष्ट तथा व्यक्तित्वहरु लागेका छन्। यसैविच चलचित्र 'छक्का पंजा २' का आर्टिष्टहरुले विराटनगरका बाढी पिडितहरुलाई सहयोग प्रदान गरेका छन्। </p><p style="text-align: justify; ">बुधबार ‘छक्का पञ्जा २’ का आर्टिष्टहरुले विराटनगरका बाढी पीडितहरुलाई करिब ९ लाख बराबरको राहत विरतण गरेका छन् । उनीहरुले विराटनगर महानगरपालिकाको रोहबरमा विराटनगर महा नगरपालिकाको वडा नम्बर १, ११ र १४ का बाढी पीडितलाई कर्कटपाता उपलब्ध गराएका छन्। विराटनगर महानगरपालिकाका प्रमुख भीमपराजुलीको उपस्थितिमा ‘छक्का पञ्जा २’ की निर्देशक दीपाश्री निरौला, आर्टिष्टहरु जितु नेपाल र केदार घिमिरेले कर्कट पाता हस्तान्तरण गरेका हुन् ।त्यस्तै उनीहरुले विराटनगरको सयपत्रि स्कुल र तुवाई नगरपालिकाका बाढी पीडित २६ सन्थालपरिवारलाई समेत कर्कटपाता उपलब्ध गराएका छन् ।राहत विरतण कार्यक्रममा निर्देशक दीपाश्री निरौलाले ‘छक्का पञ्जा २’ युनिटको पहलमा विभिन्न दाताबाट जम्मा भएको रकमबाट पीडित परिवारलाई राहत वितरण गराउन पाउँदा आफू अत्यन्तै खुशी भएको बताईन् । </p><p style="text-align: justify; ">दिपाश्रीको निर्देशनमा बनेको 'छक्का पंजा २' असोज ११ बाट प्रर्दशनमा आउँदैछ्। चलचित्रमा दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तीमा खड्का लगायतका कलाकारहरको मुख्य भूमिका रहेको छ ।</p>