भदौ, काठमाडौं।

चलचित्र ‘शान्ति’बाट नेपाली चलचित्र निर्माणमा आएका छन् बसन्त थेबे लिम्बु । ताप्लेजुङमा जन्मिएर हाल हङकङ बसोवास गर्दै आएका उनी कार्यकारी निर्माता रहेको चलचित्र शान्ति हाल उपत्यकालगायत आसपासका ठाउँहरुमा छायांकन भइरहेको छ ।

समाज परिवर्तनको लागि सहित्य, कला, चलचित्र आदिको पनि बिकास र विस्तार हुनुपर्छ भन्ने मान्यता राख्दै चलचित्र शान्ति निर्माण गरेको बसन्त बताउँछन् । ‘ भाषा, साहित्य, कला संस्कृतिलाई नेपाली चलचित्र मार्फत केही उजागर गरौ भन्ने लागि रहेको थियो त्यसैले यो चलचित्र निर्माणमा हात हाले’, बसन्तले भने ।

सामाजिक, पारिवारिक तथा प्रेम कथामा आधारित यस शान्ति चलचित्रमा कथा निर्देशन दिनेश लिङ्देनको रहेको छ भने निमात्री शान्ता बखिम थेबे हुन् । चलचित्रमा विकास चौधरीको सङ्गीत, ज्ञानु राइको छायाँकन, राजु किराँतको द्वन्द्ध र जनक कार्कीको नृत्य रहेको छ ।शुसिल क्षेत्री, निशा पोमु, सञ्जि थेबे, सुप्रिया श्रेष्ठ, बालदिप राई, शर्मिला शर्मालगायतका कलाकारको मुख्य भुमिका रहेको ‘शान्ति’लाई चाडै नै देश विदेमा प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ ।