
<pre><b>भदौ, काठमाडौं।</b></pre><p>नेपाली चलचित्रहलहरुमा आजबाट दुई नयाँ चलचित्रहरु प्रर्दशनमा आएका छन्। लभस्टोरी जनरामा बनेको 'जोनी जेन्टलम्यान' र सस्पेन्स थ्रिलर जनरामा निर्मित चलचित्र 'लिला' को आजबाट प्रदर्शनको भिडन्त सुरु भएको छ। </p><p>नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको चलचित्र जोनी जेन्टलम्यान दर्शकहरुमा निकैनै प्रतिक्षित रहेको थियो। चलचित्रको ट्रेलर,गीतहरुलाई दर्शकहरुले निकै रुचाएका छन्। नायक पल शाह तथा नायिका आँचल शर्माको केमेष्ट्रीका कारण पनि यो चलचित्र निकैनै चर्चामा रहेको छ। चलचित्रमा पल र आँचल को साथै विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका रहेको छ ।</p><p>त्यस्तै सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लिला’ लाई रमेश कोइरालाले निर्देशन गरेका हुन् ।चलचित्रमा मा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । </p><p>आजबाट प्रर्दशनमा आएका यि दुई चलचित्र मध्ये कुन चलचित्रले दर्शक बढी तान्ला यो भने हेर्न बाँकी रहेको छ। यि चलचित्रका साथै गत साता रिलिज भएको दुई रुपैंया पनि आजबाट दोस्रो सातामा प्रर्दशन भइरहेको छ। </p>