
<pre><b>भदौ, काठमाडौं।</b></pre><p>टेलिभिजनको पर्दामा निकैनै चर्चित बनेको हाँस्य टेलिश्रृंखला हो 'भद्रगोल' । यो श्रृंखलाको हरेक एपिसोड तथा यस संग जोडिएका हरेक कुराहरु दर्शकहरुका लागि चासोको विषय बन्ने गरेको छ्। साथै यस श्रृंखलाको सुटिंगको समयमा पनि दर्शकहरुको निकैनै चापहुने गरेको छ। भद्रगोलको छायांकन हुने स्थल मुड्खु भञ्ज्याङमा दर्शकहरुको चाप बढेपछि निर्माण पक्षले सुरक्षाकर्मीको साथमा छायांकन गरिरहेका छन्।</p><p> मुड्खु भञ्ज्याङमा ‘भद्रगोल’को सुटिङ हेर्न र घुम्न आउनेहरुको संख्या बढ्दै गएपछि सुरक्षा गार्ड राखिएको श्रृंखलाका लेखक तथा निर्देशक कुमार कट्टेल (जिग्री)ले जानकारी दिएका छन् । उनी भन्छन्- सुटिङ हेरिरहेका फ्यानलाई हामीले हटाउँदा उहाँहरुलाई नराम्रो लाग्न सक्छ, त्यसैले सुरक्षा गार्डको सहारा लिएका हौँ ।’</p><p>छायाँकनस्थलमा कतिपय मानिस मदिरा सेवन गरी आएर अनावश्यक होहल्ला गर्ने , तथा तस्वीर खिचाउनका लागि शुभेच्छुकहरुको भिड लाग्दा काममा समेत अवरोध हुने भएकाले सुरक्षाकर्मीको साथमा छायांकन गरेको उनले जनाएका छन्। </p>